जिबनको गोरेटोमा हरेक पाइलाको महत्व हुन्छ । दौंतरी ब्लग त हिजो मात्र जन्मिएको, आज यसले पहिलो पाइला चाल्यो । पहिलो पाइला चलाउन हात दिइ ताते ताते गराउने चना दौंतरीलाइ धेरै धेरै धन्यबाद। अरू दौतरीहरुले थप हात दिइ बामे सार्नुहुनुहुन्छ भन्ने आशा गारेको छु। दौतारी समेट्न मैले निकै प्रयाश त गरेको छु, तर यसमा सबै दौतारीले हातेमालो नगरी सम्भवै छैन। बिचार सानो हो तर साना साना रेशाले ठुलो डोरी बने जस्तो दौतारीहरु स्टष्ट तथा उत्तम बिचार लिएर जम्मा हुने हो भने नेपाली संचार जगतमा दौतारी ब्लग ठुलै आयाम हुन सक्छ । नेपालमा अथवा संसारको कुनै कुनामा, जता बसे पनि नेपालको मायाले ओतप्रोत भावहरु दौतारी ब्लगबाट साटा साट गर्न पाउनु मैले ठुलै उपलब्धिको रुपमा लिएको छु। यो संयोग जुट्नु पनि गज्जब लागेको छ । कतै बिष मन्थन गरेर अम्रित त निस्केको होइन ? यस्तो अम्रित बाढ्न पाउदा मुटु नै सगरमाथा भएको छ । सगरमाथामा त पुगे, अब दौतरीको झण्डा गाड्न निकै उत्सुक छु। लौ झन्डा नि गाडे, ले हेर्नुहोस त झन्डा कस्तो फरफराई रहेको छ www.dautari.org मा।
नेपालीयन साझ ९: ५३
मिनीसोटो अमेरीका
Read more!
Monday, October 8, 2007
नया पाइला
Posted by
nepalean
at
7:37 PM
1 comments
Subscribe to:
Comments (Atom)